झापाबाट लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ
झापा, भदौ ०७ गते । झापाको गौरिगंज गाउँपालिका- २ स्थितबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ ०६ गते दिउँसो १२ बजे प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले दमक- ९ का २९ बर्षीय डिकेश मुण्डा, गौरादह- ८ का ३० बर्षीय मनिक मण्डल र २६ बर्षीय अमन ताजपुरीयालाई ब्राउन सुगर २ ग्राम ७५० मिलिग्राम सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।


