माईजोगमाईमा हराएका पुरुष मृत फेला
झापा । झापाका ३४ वर्षीय उदय मगर माईजोगमाई–१ प्रेमेजुङ जंगलमा मृत अवस्थामा फेला परेका छन्।
साउन ३० गतेदेखि हराएका उनलाई आज बिहान घाँस काट्न गएका स्थानीयले सडेको अवस्थामा देखेर प्रहरीलाई खबर गरेको थिए।
पत्रकार बिनु खडकाका अनुसार घटनास्थलमा प्रहरी र जनप्रतिनिधि पुग्दै छन्। लडेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।


