माेरङ एमालेमा चरम बिबाद, अखिलमा दुई अध्यक्ष चयन

माेरङ, ८ भदाैं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ ।

 

एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा चयन गरेको छ । 

 

शनिबार विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको बैठकले ओझालाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो । अखिलका जिल्ला अध्यक्ष विरेन्द्र घिमिरेले यसअघि उपाध्यक्ष रहेका ओझालाई अनेरास्ववियु मोरङको संयोजकको जिम्मेवारी प्रदान गरेको जानकारी दिए । 

 

घिमिरे संगठनले जारी गरेको ३२ वर्षे उमेरहदका कारण कमिटीमा बस्न नमिल्ने भएपछि नयाँ संयोजक तोकिएको हो । ओझा सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । 

 

यता शनिवार नै अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य प्रिती दाहालको प्रमुख आतिथ्यता भएको भेलाले केराबारीका संगमलाई जिल्ला संयोजकका रुपमा चयन गरेको जनाएको छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव सन्तोस वान्तवा साथै अखिल कोशी प्रदेश कमिटी सहसंयोजक  नवराज घिमिरे लगायतका केही जिल्ला कमिटीका पदाधिकारी बैठकले वर्तमान संयोजक घिमिरेको उमेर हदका कारण पदमा बसिरहन नपाइने भएकाले संगमलाई जिम्मेबारी दिइएको जनाएको छ । संगम केरावारीको खदम क्याम्पसका स्ववियु सभापती हुन् ।

 

मोरङ्गमा एमाले संस्थापन पक्ष र इतर विच ठुलो विवाद रहदै आएको छ । एमाले जिल्ला अधिवेशनमा एलिसका वुवा समेत रहेका राजकुमार ओझा पराजित भएका थिए । मोरङ्ग एमालेमा संस्थापन इतरकाको बहुमत रहेको छ । जसको नेतृत्व विनोद ढकालले गर्दै आएका छन् ।

 

काल विद्या भण्डारी समुहले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय रहदै आएका छन् । संगमलाई समेत त्यसैको काउन्टर दिन संयोजक बनाइएको एकाथरीको टिप्पणी रहेको छ ।  जिल्ला स्तरमा दुई गुट देखीएपछि उत्पन्न विवाद समाधानका लागी पहल भएको एक एमाले नेताले जानकारी दिए । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।