स्थानीय तह क्षमता स्वःमूल्यांकन : इलामको सूर्योदय नगरपालिका देशको छैटौं, कोशीको पहिलो

इलाम । इलामको सूर्याेदय नगरपालिका २०८०/०८१ सालको स्थानीय तह क्षमता स्वःमूल्यांकन (लिसा)मा देशकै छैटौं र कोशी प्रदेशको पहिलो भएको छ ।

इलाम नगरपालिका देशको सातौं र प्रदेशको दोस्रो स्थानमा छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संयोजन मूल्यांकनमा सूर्याेदय ९०.५ अंक प्राप्त गरेको छ भने इलाम नगरले ९० अंक पाएको छ । सूर्याेदय देशभर छैटौं भएसँगै कोशी प्रदेशका एक सय ३७ पालिकामध्ये पनि पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा पनि देशभरका सात सय ५३ पालिकामध्ये सूर्याेदय दोस्रो भइसकेको छ ।

सूर्योदय नगरपालिका स्वास्थ्य क्षेत्रमा पनि जिल्लाको पहिलो भएको थियो । ‘यसले सूर्योदय नगरपालिकाले दिगो सोचका साथ जुन उद्देश्यमा काम गरिरहेको छ, सही गन्तव्यतिर अगाडि बढेको छ भन्ने थप प्रमाणित भएको छ,’ मेयर रणबहादुर राईले भने ।

गतवर्ष इलाम नगरपालिका पनि स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै गरेको आर्थिक वर्ष २०७९/०८० को मूल्यांकनमा ९९ प्रतिशत सूचांकसहित इलाम नगर पहिलो भएको थियो ।

मन्त्रालयका अनुसार आव ०८०/०८१ को लिसामा धादिङको नीलकण्ड नगरपालिका ९३.५ अंक पाएर देशकै पहिलो, चितवनको खैरहनी नगरपालिका ९२.७५ अंकसहित दोस्रो, धादिङकै बेनीघाट रोराङ गाउँपालिका ९१.७५ अंकसहित तेस्रो, रुपन्देहीको तिलोत्तमा नगरपालिका ९१.२५ सहित चौथो र रुपन्देहीकै देवदह नगरपालिका ९०.७५ अंकसहित पाँचौं स्थानमा छन् ।

यस्तै, सातौं स्थानमा इलाम नगरपालिकासहित गुल्मीको रुरुक्षेत्र गाउँपालिका पनि छ । रुरुक्षेत्रको पनि अंक इलामको समान ९० छ । कपिलबस्तुको वाणगंगा नगरपालिकाले ८९.७५ अंकसहित आठौं, चितवनको रत्ननगर नगरपालिकाले ८९ अंकसहित नवौं र पाल्पाको तानसेन नगरपालिकाले ८८.७५ अंकसहित दसौं स्थान हासिल गरेको मन्त्रालयले जनाएको छ ।

इलाममा चाहिँ गाउँपालिकातर्फ ७९.५० अंकसहित सन्दकपुर पहिलो भएको छ । चुलाचुली गाउँपालिकाले ७१.५, देउमाई नगरपालिकाले ७७, फाकफोकथुम गाउँपालिकाले ८७.२५, माइजोगमाई गाउँपालिकाले ६१.७५ र माई नगरपालिकाले ६६.५ अंक ल्याएका छन् । यस्तै, माङसेबुङ गाउँपालिकाले ७४ र रोङ गाउँपालिकाले ७८ अंक ल्याएका छन् ।

विभिन्न १० क्षेत्रलाई आधार मानी लिसाको अंक निर्धारण गर्ने गरिएको छ । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवाप्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन तथा सहकार्य र समन्वय यसका क्षेत्र निर्धारण गरिएका छन् ।-पालिका पेज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।