सुकुना बहुमुखी क्याम्पसमा स्ववियु सभापतिले स्ववियु कोष अपचलन गरेको आरोपमा क्याम्पस प्रशासनमा ताला

मोरङ । मोरङको सुकुना बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को कार्यालयमा ताला लगाइएको छ । स्ववियु सभापति एलिस ओझाले आर्थिक दुरुपयोग गरेको भन्दै समितिका बहुमत सदस्यहरूले स्ववियुको कार्यालयमा ताला लगाएका हुन् ।

स्ववियु सचिव रोशन क्षेत्री, कोषाध्यक्ष सरिना थापा, सहायक सचिव होमबहादुर पौडेललगायत बहुमत सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सभापतिको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् ।

सभापति ओझाले अनेरास्ववियुको २४औं महाधिवेशनका लागि भन्दै स्ववियु कोषबाट २० हजार रुपैयाँ रकम समितिको कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक सहमतिविना नै निकालेको आरोप उनीहरूले लगाएका छन् । ‘स्ववियुको नक्कली लेटरप्याट प्रयोग गरेर ५ लाखसम्म दुरुपयोग गरेको पाएका छौं,’ स्ववियुका एक सदस्यले भने, ‘हामीले छानबिनका लागि २४ घण्टाको समय दिएका छौं ।’

विद्यार्थीको हकहित र समस्या समाधानका लागि जम्मा गरिएको कोषलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको भन्दै उनीहरूले पाँच बुँदे माग अघि सार्दै सभापति र क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

उनीहरूले सभापतिलाई रकमको सम्पूर्ण विवरण तत्काल सार्वजनिक गर्न, एकल निर्णय गर्नुको स्पष्टीकरण दिन र भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउन चेतावनी दिएका छन् ।

त्यसैगरी, क्याम्पस प्रशासनलाई पनि स्ववियु अध्यक्षलाई कुन प्रयोजनका लागि रकम दिइएको हो त्यसको जवाफ २४ घण्टाभित्र लिखित रूपमा पेस गर्न उनीहरूले आग्रह गरेका छन् ।

बहुमत सदस्यहरूले यो विषयमा ढाकछोप नगरी छानबिन प्रक्रिया अगाडि नबढाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।