सोलुखुम्बुमा भालुको आक्रमणबाट एक महिला घाइते

सोलुखुम्बु । सोलुखुम्बुमा घाँस काट्न गएकी एक महिला भालुको आक्रमणबाट घाइते भएकी छिन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु नुनथलाकी मनिसा सुनदास आज शनिबार भालुको आक्रमणबाट घाइते भएकी हुन् ।

नुनथला बस्ने राम बहादुर सुनदासका ३२ वर्षीया छोरी मनिसालाई कामी शेर्पाको बारीमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घाइते मनिसालाई उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो । भालुले मनिसालाई दाहिने खुट्टाको पिडौलामा ३ ठाउँमा टोकेको बताइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।-हिमाल एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।