मोरङ र झापाबाट लागू औषध ब्राउन सुगर सहित १० जना पक्राउ

विराटनगर, भदौ ९ गते । मोरङ र झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ ८ गते साँझ इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितमा संकस्पद अवस्थामा रहेका भारत दिल्ली जिल्ला कटिहार का ३० वर्षीय सद्‍दाम हुसेन र ३२ वर्षीय बमकिम कर्मकारलाई १ सय ४७ ग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापाले भदौ ८ गते भद्रपुर नगरपालिका-८ का २१ वर्षीय राज श्रेष्ठ र भद्रपुर-१० का २३ वर्षीय अलताप सेख, भद्रपुर-७ का १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, धादिङ रुवीभ्याली-५ का २४ वर्षीय गुम लामा, काठमाण्डौ तारकेश्वर-६ का १९ वर्षीय न्यान्जी तामाङलाई २० ग्राम ४ सय ८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाले कनकाई नगरपालिका-२ का ३३ वर्षीय रमेश मुखिया सुनुवार र कनकाई-३ का ४२ वर्षीय चन्द्र पौडेललाई ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖