लाखौंको सुर्ति बरामाद

सञ्जय मिश्रा/रौतहट,९  भदौ  ।सशस्त्र प्रहरीद्धारा रौतहटको ईशनाथ नगरपालिका–४ मठिया गाउँ छेउमा लुकाई छिपाई राखिएको ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा आईतवार राती पौने १२ बजे सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतको नेतृत्वमा औरैयास्थित वि.ओ.पि.का इञ्चार्ज इन्स्पेक्टर खेमराज जोशी सहितको टोलीले खानतलासी तथा चेकजाँच अभियान सञ्चालन गरेको थियो।

खोजतलासको क्रममा ईशनाथ–४ स्थित राम सिंह चनौको भट्टी पसल छेउमा रहेको चुमन मियाको धान खेतमा अबैध रुपमा भण्डारण गरी राखिएको ३० बोरा (करिब ७४५ केजी) सुर्ती तथा सुर्तिजन्य पदार्थ फेला परेको एसपी बस्नेतले बताएका छन्। बरामद गरिएको सामग्रीको अनुमानित मूल्य करिब . ३ लाख ६२ हजार ७५० बराबर हुने बताइएको छ।

सशस्त्र प्रहरीले बरामद गरेको सुर्ती आवश्यक कानूनी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयमा बुझाएको जनाएको छ।रौतहट, बारा,पर्सा, सर्लाही लगायतका तराई–मधेसका सीमावर्ती क्षेत्रहरू अबैध सुर्ती, मदिरा तथा अन्य उपभोग्य वस्तुहरूको भण्डारण र तस्करीका लागि संवेदनशील मानिन्छन्।

 

भारतीय बजार नजिकै भएकाले सस्तोमा सामान भित्र्याई नेपालमा बिक्री वितरण गर्ने कार्य बढ्दो छ। यसरी पटक–पटक ठूलो परिमाणमा सुर्ती बरामद हुनु भनेको सीमामा अझ कडाइ आवश्यक रहेको स्पष्ट सन्देश हो। साथै, स्थानीय भट्टी, पसल र खेतहरूलाई भण्डारण स्थलको रूपमा प्रयोग गरिएकोले निगरानी संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖