मोरङमा ग्यास सिलिन्डर पड्किएर भीषण आगलागी,३ वटा पसलमा क्षति

मोरंग । मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा सोमबार बिहान आगलागी हुँदा ३ वटा पसलमा क्षति पुगेको छ ।

ग्यास सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा पसलहरु पूर्णरुपमा ध्वस्त भएका छन् । प्रहरीका अनुसार बिहान करिब ६ बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगोले टीका खनालले सञ्चालन गर्दै आएको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल र किराना पसल जलेर सम्पूर्ण रुपमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनीहरुले टेकमान लिम्बूको जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएका थिए ।

आगलागीबाट ८ लाख बराबरको क्षति प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीयबासी, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।