बिर्तामोडको एक घरमा आगलागी हुंदा ५० लाखभन्दा बढीको क्षति
झापा । झापाको बिर्तामोड नगरपालिका–७, बिरान टोलमा केशव चाम्लिङको घरमा आगलागी भएको छ।
बिहान ३:३० बजे लागेको आगो बिहान ५:३० बजे बिर्तामोड, भद्रपुर र मेचीनगरका दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो।
आगलागीले काठको घर र भान्सा पूर्णरुपमा जलेर नष्ट भएको छ। अनुमानित क्षति ५० लाखभन्दा बढीको रहेको छ।
प्रारम्भिक अनुमान अनुसार घरमा राखेको मकैको खोयामा विद्युत सर्ट भएर आगो सल्किएको हुन सक्ने आशंका गरिएको छ।


