मोरङ, सुनसरी र पाँचथरबाट लागू औषध सहित ६ जना पक्राउ

विराटनगर, भदौ १० गते । मोरङ, सुनसरी र पाँचथरबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ ९ गते मोरङको विराटनगर-१७ स्थितबाट अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कटहरी गाउँपालिका-४ का महेन्द्र साहलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी सुनसरीको प्रहरी चौकी मधुवनले बराहक्षेत्र नगरपालिका-११ स्थितबाट भारत विहार सुपोलका सुजन मुखिया र कोशी गाउँपालिका-६ का सुनिल मुखियालाई ट्रामाडोल १२ हजार ६ सय ट्याव्लेट सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय पाँचथरले कुम्मायक गाउँपालिका-४ का रविन लिम्वु, मिक्लाजुङ-१ का सुमन राई र फिदिम नगरपालिका-४ का बसन्त लिम्वुलाई ८ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖