संखुवासभाको खाँदबारीमा सुक्खा पहिरोले एक घर भत्कियो

संखुवासभा । खाँदबारी नगरपालिका–४ सेकाहा च्यानडाँडामा सुक्खा पहिरो खस्दा स्थानीय धर्मगुरु दोर्ची लामाको घर पूर्ण रूपमा भत्किएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार आज बिहान खसेको पहिरोले जस्तापाताले छाएको दुईतले ढुङ्गामाटोको घर पूर्णरुपमा क्षति भएको हो।

घटनामा मानवीय वा पशुचौपायाको क्षति नभए पनि करिब पाँच लाख रूपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।

पीडित परिवारका अनुसार लामाको घर पहिल्यै जोखिममा थियो। कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्ड निर्माणका क्रममा एक्स्काभेटरले ढुङ्गा फुटाउँदा जमिन चिराचिरा परेर घरमा प्रत्यक्ष असर परेको उनीहरूको आरोप छ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाइएपछि अहिले सडक आवागमन सामान्य भएको छ।

धर्मगुरुका रूपमा पुरोहित कर्मकाण्ड गर्दै आएका लामाका लागि स्थानीय बासिन्दाले संयुक्त रूपमा घर बनाई बसोबासको व्यवस्था मिलाएका व्यक्ति हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖