अपडेट : झापाको कन्काई–८ बिरीङ पुलमा पिकअप र मारुती भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु
झापा । झापाको कन्काई–८ बिरीङ पुलमा पिकअप र मारुती भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु भएको छ ।
शिवसताक्षी–७ का पृथ्वीनाथ साह, उनकी पत्नी, छोरा र छोरी घाइते भई बीएण्डसी अस्पतालमा उपचाररत छन् ।
पिकअप चालक सुमन पौडेल प्रहरी नियन्त्रणमा रहेका छन् ।
मृतक चालकको साथमा भेटिएको पर्समा रहेको भोटर कार्डमा नाम २९ वर्षीय नवराज बाँस्कोटा, शिवसताक्षी–७ उल्लेख भएपनि, उनको परिचय आधिकारिक रूपमा पुष्टि भइसकेको छैन ।


