मेरिल्याण्डको वक्तृत्वकला प्रतियोगितामा किस्मत प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा किस्मत सापकोटा प्रथम भएका छन् ।

विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा सापकोटाले उत्कृष्ट विचार प्र्रस्तुत गर्दै प्रथम भएका हुन् । ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा भएको प्रतियोगितामा रोजिना चौधरी द्वितीय हुँदा साहिस्ता न्यौपाने तृतीय भइन् । त्यस्त मिसु प्रधान र रोशनकुमार सिंहले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित रहेका थिए । प्रतिस्पर्धामा भाग लिएका २० जना विद्यार्थीमध्येबाट निर्णायक नवोदितले ५ जना पुरस्कृत विद्यार्थीको नाम छनौट गरेका हुन् । प्रथम र दोस्रो हुने विद्यार्थीले यही शुक्रबार लियो क्लबले आयोजना गर्ने वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउनेछन् ।

कार्यक्रममा निर्णायक नवोदितसहित कलेजका प्राचार्य लक्ष्मण ढकाल, निर्देशक तथा साहित्यकार भेषराज पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताका विजेतालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।