रौतहटबाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला, दुई जना पक्राउ

सञ्जय मिश्रा /रौतहट, १२ भदौ । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ ।

यससँगै चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ प्रेस बिज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा राखिएको मधेश प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्रयाक्टर साउन ८ गते राति करिब साढे १२ बजे चोरी भएको थियो । चोरी भएको ट्रयाक्टर दुई दिन पछि साउन १० गते, सर्लाहीस्थित ईश्वरपुर नगरपालिका–११ मा सडक छेउको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानलाई अगाडि बढाउँदै जाँदा प्रहरीले करिब एक महिनापछि ट्रयाक्टर चोरीमा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजेन्द्र दास र वडा–७ का २६ वर्षीय विनोद पण्डित रहेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्की न्युज कारखानासँग कुरा गर्दै उनीहरूलाई चोरीमा संलग्न रहेको ठहर गरी थप अनुसन्धान भइरहेको बताएका छन्।

स्थानीय स्तरमा हुने खेतीपाती तथा निर्माणमा प्रयोग हुने साधन–सामग्री नै चोरीमा पर्न थालेपछि किसान र सर्वसाधारण थप त्रसित भएका छन् ।
चोरी भएको ट्रयाक्टर दुई दिनमै फेला परे पनि, वास्तविक अपराधीलाई प्रहरीले पहिचान गर्न करिब एक महिना लाग्नु अनुसन्धानको चुनौतीपूर्ण प्रकृतिलाई देखाउँछ ।

ग्रामीण क्षेत्रमा रातको समयमा गस्ती अभाव, स्थानीय सुरक्षातर्फको लापरबाही र आपराधिक समूहहरूको सक्रियता पनि चोरीजस्ता घटनामा योगदान पुर्‍याउने कारकका रूपमा देखिन्छन् ।

यसरी कृषि व्यवसायमै प्रयोग हुने मेसिनरी चोरी हुनु भनेको स्थानीय किसानलाई प्रत्यक्ष आर्थिक नोक्सानी हुनु हो ।

घटना तत्काल नियन्त्रणमा ल्याइए पनि यसले भविष्यमा हुने सम्भावित चोरी रोक्न स्थानीय सुरक्षा व्यवस्थालाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । प्रहरी प्रशासनले गस्ती बढाउनुका साथै, सर्वसाधारणले पनि सामुदायिक सतर्कता बढाउनुपर्ने आवश्यकता देखिन्छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖