झापा र मोरङबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, भदौ १२ गते । झापा र मोरङबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिउसो साँढे १२ बजे झापाको मेचीनगर नगरपालिका ८ गिरीगाँउ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३२ बर्षीय अजय मेचे र भारत वेष्ट बंगाल, दार्जिलिङ जिल्ला उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने ३० बर्षीय टान्टु भन्ने कनकन राहलाई लागूऔषध ब्राउन सुगर १०० ग्राम १०० मिलिग्राम सहित पक्राउ गरिएको छ भने हिजो बेलुका ६ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका ७ पारिजात टोल स्थितबाट सोही स्थानका ४२ बर्षीय लाल बहादुर लिम्बु र ३२ बर्षीय पदम बहादुर अधिकारीलाई लागूऔषध ब्राउन सुगर ६९० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका चारैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।