सुनसरीमा वडाध्यक्ष विरुद्द पक्राउ पुर्जी जारी

इटहरी । सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी भए पनि अझैसम्म पक्राउ परेका छैनन्।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता भएपछि अदालतले साउन २० गते पक्राउ पुर्जी जारी गरेको हो।

तर उनी भदौ ८ गतेसम्म वडाको दैनिक कामकाज नियमित रूपमा सञ्चालन गर्दै आएका थिए। त्यसपछि मात्रै कार्यवाहक तोकेर फरार भएका छन्।

कानुनअनुसार फौजदारी अभियोगमा मुद्दा दर्ता भएलगत्तै सार्वजनिक पद धारण गरेका व्यक्ति स्वतः निलम्बन हुने व्यवस्था छ। तर वडाध्यक्ष थापाले झण्डै तीन सातासम्म पदमै रहेर निर्णय र प्रशासनिक काम गरेका घटनाले कानुनी प्रक्रियामाथि नै प्रश्न उठाएको स्थानीयहरू बताउँछन्।

थापा सञ्चालित कारको ठक्करबाट घाइते भएकी देविका खनाल हाल पनि पूर्ण अशक्त अवस्थामा छन्। पीडित पक्षले न्याय मागिरहेको अवस्थामा वडाध्यक्ष फरार रहँदा पीडित पक्ष थप आक्रोशित बनेको छ।
सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले फरार वडाध्यक्षको खोजी तीव्र पारिएको जानकारी दिए।

२२ फागुन २०८१ मा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देविका खनाल गम्भीर घाइते भएकी थिइन्। लामो उपचारपछि डिस्चार्ज भए पनि उनी हाल अशक्त अवस्थामा छिन्।फौजदारी मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरू स्वतः निलम्बन हुने कानुनी प्रावधान छ। तर, थापाले भदौ ८ गतेसम्म वडाको कामकाज नियमित गरेका थिए।

त्यसपछि उनले वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार भएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖