छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु

अछाम, १३ भदौ । अछाममा छाउपडी बसेकी महिला र एक बालिकाको मृत्यु भएको छ ।

पन्चदेवल विनायक नगरपालिका– ८ बारलामा छाउपडी बसेकी २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका– ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको  मृत्यु भएको हो ।

अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालका अनुसार सो घटनास्थलमा ढुंगा खसेर लाग्दा उनीहरूको मृत्यु भएको हो । सो घटनामा मङ्गलसेन नगरपालिका–६ कि रत्नकला भण्डारी भने घाइते भएकी छिन् । उनको टाउकोमा गम्भीर चोट लागे पछि उपचारका लागि नेपालगन्ज लगिएको छ।

बिहिवार राति चुरकुली भन्ने स्थानमा छाउपडी बसेको घरको आँगनमा त्रिपाल राखेर सुतेको अवस्थामा माथीवाट ढुंगा खस्दा यो अप्रिय घटना भएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।