आज देशभर वर्षा, भोलिबाट कम पानी पर्ने
काठमाडौ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
यो पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
वरिष्ठ मौसमविद प्रतिभा मानन्धरले आज शुक्रबार धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने बताइन् ।उनका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । त्यसैले केही दिनयता बादल लाग्ने र पानी पर्ने भइरहेको छ ।
शनिबारबाट मौसम सुधार हुने प्रक्षेपण छ । मौसमविद गोविन्द झाले पनि शनिबार मनसुनी गतिविधि केही कम हुने जानकारी दिए ।


