कोशीमा लागू औषध सहित ९ जना पक्राउ

विराटनगर, भदौ १३ गते । झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १२ गते झापाको बिर्तामोड नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१० का विशाल विश्‍वकर्मालाई २ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुहको प्रहरी टोलीले धरान-२० का संगम राई, नन्द कुमार राई, देवानगञ्ज गाउँपालिका-१ का शत्रुधन यादव र देवानगञ्ज गाउँपालिका-७ का कपिलदेव यादवलाई २७ किलोग्राम गाँजा सहित धरान-१३ र २० स्थितबाट पक्राउ गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय पथरी मोरङले पथरीशनिश्चरे नगरपालिका-१० का सनमित धिमाल र पुनम माझीलाई १०० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी लालपत्ता उदयपुरले त्रियुगा नगरपालिका-१० का २५ बर्षीय राजेश मल्लिक र सप्तरी हनुमानगरका सुरेन्द्र साहलाई लागुऔषध १८ एम्पुल सहित पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।