मोरङको बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव फेला

विराटनगर । मोरङको बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटिएको छ । बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान करिब ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

उनका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले बगाएर ल्याइरहेको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिएको हो । तर, मृतकको पहिचान खुल्न सकिरहेको छैन ।

मृतक स्थानीय नभएर कतै टाढाबाट नरहले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महिलालाई नहरले बगाएर ल्याइरहेको जानकारी पाउनसाथ प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो । घटनास्थल पुगेको प्रहरी टोलीले पानीबाट बाहिर निकालेर हेर्दा महिलाको मृत्यु भइसकेको अवस्थामा शव रहेको चुँडालको भनाइ छ ।

मृतकको पहिचानका लागि सबैतिर हुलिया परिपत्र गरिसकिएको उनले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ ।

महिलाको मृत्यु दुर्घटनामा परेर भएको हो कि मृत्युको अरु कुनै कारण छ भन्ने विषय थप अनुसन्धानबाट मात्रै यकिन हुने डीएसपी चुँडालको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।