झापाको बिर्तामोडमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिका–२ स्थित एक पार्कभित्रको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा बिर्तामोड–३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाईको मृत्यु भएको हो।
बिर्तामोड ३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड–१० का ३३ वर्षीय केशब शिवाकोटी पार्क घुम्न तथा पौडी खेल्न गएका थिए।
सो क्रममा प्रसाई पौडी खेल्ने क्रममा डुबेका थिए। उनलाई तत्कालै निकालिए पनि बचाउन सकिएन।


