भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु
चितवन । चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो


