सुनसरीको इटहरी स्थित पाथीभरा सेकेन्डरी स्कुलले दियो विद्यार्थीहरूलाई एआई तालिम

सुनसरी । सुनसरीको इटहरी स्थित पाथीभरा सेकेन्डरी स्कुलले विद्यार्थीहरूलाई एआई तालिम दिएको छ।

कक्षा ६ देखि ९ सम्मका ८ सयभन्दा बढी विद्यार्थीहरूलाई एआई तालिम दिइएको हो। तालिमको सहजीकरण एनपिआईका प्रशिक्षक लिलाराज भट्टराईले गर्नुभयो। विद्यार्थीहरूमा स्मार्ट अध्ययनको विकास गराउन एआई तालिम दिएको विद्यालयका प्रिन्सिपल डा. गोपाल श्रेष्ठले बताउनुभयो।

किताबी ज्ञान मात्र नभई जीवनोपयोगी विभिन्न क्रियाकलापहरूमा आफूहरूले जोड दिएको विद्यालयका अध्यक्ष निर्मल रिजालले जानकारी दिनुभयो। अध्ययनमा एआईको सही प्रयोगले विद्यार्थीहरूले घण्टौँ लाग्ने काम मिनेटमा गर्न सक्ने प्रशिक्षक लिलाराज भट्टराईले बताउनुभयो।

पाथीभरा स्कुलले सो अवसरमा ८ जना प्रशिक्षकबाट १५ सेसनमा विभिन्न तालिम सञ्चालन गरेको छ। विभिन्न विषयमा विद्यार्थीहरूलाई प्रशिक्षित गरिएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖