बेलायतमा एक बर्ष बसेर फर्केपछि वडाध्यक्षले पुन: सम्हाले जिम्मेवारी

दाङ । दाङको एक गाउँपालिकाका वडाध्यक्ष वैदेशिक रोजगारीबाट फर्केर पुन : वडाध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ वैदेशिक रोजगारकोलागि बेलायत गएका थिए । बहाल भएकै अबस्थामा रोजगारकोलागि बेलायत गएका अध्यक्ष गुरुङ एक बर्षपछि फर्केका हुन् । उनी २०८१ साउन २० मा बेलायत गएका थिए।

एक हप्ताअघि मात्रै वेलायतबाट घर आएको र दुई/तीनदेखि वडाध्यक्षको जिम्मेवारी सम्हालेको उनले बताए । कार्यपालिकाबाट अनुमति नलिएको भएपनि जानकारी गराएर विदेश गएको समेत उनले बताए । वडा सदस्य चम्फा पुनलाई कार्यवहाक दिएर गएको उनले बताए ।

यता अनुमति नलिएर विदेश जाने र पुनः आएर पद सम्हाल्ने कुराको कार्यपालिका सदस्यहरुले भने विरोध जनाएका छन् । उनी बैठकमा आएपछि शुक्रबार भएको कार्यपालिका बैठक समेत चल्न सकेन् । गुरुङ बैठकमा सहभागी भएपछि उनलाई कुरा राख्न दिईएको थियो । तर, उनको कुरा चित्त बुझ्दो नभएपछि प्रबक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा–४ का अध्यक्ष वीरबहादुर चौधरी, वडा–६ का अध्यक्ष दीपक कुमार चौधरी, कार्यपालिका सदस्य रण बहादुर पुजालीले फरकमत दर्ज गरेर बाहिरिएका थिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले वडाध्यक्ष गुरुङलाई हाजिर गराउने वा नगर्ने विषयमा कानुनी परामर्श लिएर मात्रै निर्णय हुने बताए । गुरुङ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । २०७९ को चुनाबमा उनी विजयी भएका हुन् । उनी निर्वाचित हुनुभन्दा पहिले सोही वडाको कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।