विराटनगरमा पल्टियो गाई बोकेको पिकअप
विराटनगर । विराटनगर महानगरपालिका-६, झरना चोकमा शनिबार गाइ बोकेको सवारी साधन पल्टिँदा एउटा गाइको मृत्यु भएको छ।
जतुवा बाट गाइ चढाएर इक्राहीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च १२६८ नम्बरको पिकअप गाडी झरना चोक नजिक नहरको किनारमा रहेको प्लास्टिकको झोलामा चिप्लिएर अनियन्त्रित भई नहरमा पल्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
गाडीमा क्षमताभन्दा बढी गाइ लोड गरिएको थियो। दुर्घटनाको बेला गाडीमा चालकसहित गाइका साहु फकनलाल पाल र एक बालिका सवार थिए।इक्राहीका किसान फकनलाल पालले जतुवा बाट दुई गाइ र दुई बाचाबाछीसहित गाइबस्तुहरू एक लाख दुई हजार रुपैयाँमा खरिद गरी घरतर्फ लैजाँदै गर्दा दुर्घटना भएको बताएका छन्। दुर्घटनाग्रस्त गाडीमा उनी स्वयं पनि सवार थिए।
दुर्घटनापछि स्थानीयले उद्धारमा सहयोग गरेका थिए। पछि विराटनगर महानगरपालिका–६ का वडा अध्यक्ष हरिशचन्द्र सहनीको समन्वयमा महानगरको डोजरमार्फत गाडी र गाइलाई निकालेर प्रहरीको जिम्मा लगाइएको थियो।-बेतना दैनिक


