मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालको शौचालयमा फालिएको अवस्थामा नवजात शिशु उद्धार
मोरङ । मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालको शौचालयमा शनिबार विहान सालनालसहित नवजात शिशु भेटिएको छ।
बिहान करिब १०:३० बजे भेटिएको शिशुलाई तत्काल उद्धार गरी दमकस्थित कियोच बाल अस्पताल लगिएको प्रहरीले जनाएको छ।
उद्धारमा एञ्जल फाउन्डेसनले प्रारम्भिक अभिभावकत्व ग्रहण गरी उपचारमा सहजीकरण गरिरहेको छ।
हाल शिशुको उपचार जारी छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


