मोरङमा राज्यको नियन्त्रणमा रहेका ८ जनाको मृत्यु
मोरंग । मोरङमा राज्यको नियन्त्रणमा रहेका ८ जनाको मृत्यु भएको छ । ८ महिनाको अवधिमा ८ जनाको मृत्यु भएको हो ।
मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांक अनुसार मृत्यु हुनेमा १ महिला र ७ जना पुरुष रहेका छन् ।
मोरङ कारागारमा रहेका ७ र जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका १ गरेर राज्यको नियन्त्रणमा रहेका ८ जनाको मृत्यु ८ महिनाको अवधिमा भएको इन्सेकले जनाएको छ ।


