‘वडा परिचय’ पुस्तक विमोचन

विराटनगर । विराटनगरमा आज आइतबार आयोजित एक कार्यक्रममा ‘वडा परिचय’ पुस्तक विमोचन गरिएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, विशिष्ट अतिथि पूर्व उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने,
पूर्ववडाध्यक्ष केदारबहादुर बस्नेत, समाजसेवी चन्द्रमणि नेउपानेलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

अग्रज पत्रकार यज्ञ शर्मा र लेखक निर्मल तामाङको लेखन तथा सम्पादनमा तयार पारिएको पुस्तकभित्र वडाभित्रको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, साहित्यिकलगायतका विषयहरु समावेश गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर शिल्पा निराला कार्कीले पुस्तक प्रकाशन गरेकोमा वडाका सबै टिमलाई बधाई तथा धन्यवाद दिइन् । वडाको समग्र पक्षलाई समेटेर पुस्तक प्रकाशित भएको उनको भनाइ थियो । पूर्वउपमेयर इन्दिरा कार्कीले ऐतिहासिक दस्तावेजका रुपमा पुस्तक आएको चर्चा गरिन् । प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले वडाबारे जानकारी लिन चाहनेका लागि पुस्तक निकै उपयोगी हुने उल्लेख गरेका छन ।

वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, १५ का प्रकाश साह, १९ का श्याम घिमिरेलगायतका विभिन्न वडाका अध्यक्षहरुको समेत उपस्थितिमा भएको कार्यक्रममा समाजसेवी रामबाबु पासवान, जनपथ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइराला, वडाका पूर्वअध्यक्ष केदारबहादुर बस्नेत, नेकपा एमाले विराटनगर महानगर समितिका अध्यक्ष बलराम गिरी, नेपाली कांग्रेस विराटनगर महानगर समितिकी सचिव झुमा निरौला, पुस्तकका लेखक यज्ञ शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा वडाको वेभसाइटसमेत सार्वजनिक गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।