कोशी प्रदेशका सेवाग्राहीलाई इटहरी र बिर्तामोडबाट मात्रै इम्बोस्ड नम्बर वितरण

विराटनगर । कोशी प्रदेशमा सुनसरीको इटहरी र झापाको बिर्तामोडमा १ असोज देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान थाल्ने तयारी भइरहेको छ । इम्बोस्ड नम्बर प्लेट जडान तीव्रता दिने भनिएपनि कोशीका सेवाग्राहीका लागि यी दुई कार्यालयबाट मात्रै दिने सेवाले यसलाई धान्न सहज नहुने देखिन्छ ।

सवारीसाधन दर्ता, नामसारी वा नवीकरणमा इम्बोस्ड नम्बर अनिवार्य गरेको छ । त्यस बाहेक पायक पर्ने समय र कार्यालय गएर यस्तो नम्बर प्लेट राख्न समेत भनिएको छ । तर, कोशी प्रदेशमा अहिले आठ वटा जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरेर सेवा दिइरहेको छ ।

प्रदेश सरकारले स्थापना गरेका यी कार्यालयबाट लाइसेन्स, सवारी नविकरण लगायतका सेवाहरु दिने गरिएको छ । इम्बोस्ड नम्बर प्लेटका लागि भने विभागले तोकेका दुईस्थलबाट सेवा सुरु गर्ने तयारी बाहेक सरकारले अर्को विकल्प नसोचेको हो ।

यातायात व्यवस्था कार्यालय सुनसरी, विराटनगर, झापा तथा सेवा कार्यालयको रुपमा इलाम, धनकुटा, उदयपुर र ओखलढुंगामा सेवा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।