सात दिनभित्र फाइल टुंगो लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल ७ दिनभित्र टुंगो लगाउन निर्देशन दिएका छन् ।

कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कार्कीले राय–परामर्शदेखि अन्य सबै खाले फाइल ७ दिनभित्र किनारा लगाउन र सम्भव नभए कारणसहित जानकारी दिन मन्त्रालयलाई आदेश दिएका हुन् । हामी कहाँ धेरै फाइल पनि हुँदैन तर अड्काउने प्रवृत्ति राम्रो होइन, यसमा सुधार होस्, उनले भने ।

मुख्यमन्त्री कार्कीले बेरुजु फछर्यौटमा पनि कडाइ गर्ने चेतावनी दिएका छन् ।उनले नीतिगत बेरुजु र असुलउपर गर्नुपर्ने बेरुजु छुट्टाएर पुस मसान्तभित्र किनारा लगाउन र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।