झापामा पानीमा डुबेर एक महिलाको मृत्यु
झापा । झापाको कचनकवल गाउँपालिका–२ रतिबारीमा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
स्थानीय ४६ वर्षीया उजारु राजवंशी शनिबार साँझ करिब ५ बजे आफ्नै घरदेखि करिब १५० मिटर पश्चिमतर्फ रहेको झारु राजवंशीको खेतमा माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेका हुन्। उनी मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


