सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, भदौ १६ गते । सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १५ गते सुनसरीको रामधुनी नगरपालिका- ५ का ३० बर्षीय सागर राईले लागू औषधको कारोबार गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर, प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनी र पकलीबाट खटिएको प्रहरी टोलीले सागर राईलाई निजको दिदिको घरमा बसिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्रहरीले १०५ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यस्तै हिजै इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाले मेचीनगर नगरपालिका- ६ स्थितबाट सोहि स्थान बस्ने ३६ बर्षीय शिव श्रेष्ठलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।