इलाममा बाख्रा खान आएको चितुवा यसरी आफै पर्यो फन्दामा
इलाम । इलामको सूर्योदय नगरपालिका–३ बागवीरेमा आज बिहान बाख्राको खोरमा कालो रङको चितुवा भेटिएको छ। टंक काफ्लेको खोरमा पसेको उक्त चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर खोरमै थुनेका छन्।
वडा सदस्य उपेन्द्रराज पान्डेले चितुवा अहिले सुरक्षित अवस्थामा रहेको जानकारी दिनुभयो। चितुवा उद्धारका लागि कोशी टप्पुबाट टोली बोलाइएको डिभिजन वन कार्यालय इलामका प्रमुख बिरेन्द्र साहले बताउनुभयो।
उद्धार टोली इलाम पुग्नेबित्तिकै चितुवालाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ।


