रूपक अलांकारको `शान्त शर्बरी´ लोकार्पित

काठमाडौं, २२ भदौं ।  छन्द कविता र गजललेखनमा सक्रिय रूपक अलङ्कार नयाँ कवितासङ्ग्रह ‘शान्त शर्वरी’ लिएर आएका छन् ।

शनिबार उनको नवीनतम् कविताकृति ‘शान्त शर्वरी’ राजधानी काठमाडौँमा लोकार्पण गरियो ।

 

कवि भुवनहरि सिग्देल, प्रा.डा. भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे ।

‘शान्त शर्वरी’ कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् ।

 

कविता माथि टिप्पणी गर्दै सिग्देलले अलङ्कारले छन्दकविता लेखनमा कुशलता र सशक्तता प्राप्त गरेका बताए ।

 

प्रा. डा. भागवत ढकालले कवि अलङ्कारले आफ्ना कवितामा पूर्वीय दर्शनलाई निचोरेर आलङ्कारिक ढङ्गमा प्रस्तुत गरेका बताए ।

विषयगत विविधतालाई कवितामा उल्लेख्य स्थान दिएको चर्चा गर्दै अर्का समीक्षक डा. विन्दु शर्माले अलङ्कारका कवितामा प्रगतिवादी चिन्तन भेटिने कुरा उल्लेख गरिन् ।

 

त्यस्तै, शैलेन्द्र अधिकारीले अलङ्कारका कवितामा प्रगतिवादका साथमा व्यङ्ग्यको समिश्रण भेटिने उल्लेख गरे ।

विभिन्न पिङ्गल छन्दलाई कुशलतापूर्वक खेलाउने अलङ्कारका २ वटा कविता विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गाएका थिए भने ज्ञानु विद्रोही, देवु लुइँटेल र केशव भट्टराईले एक/एकवटा कविता वाचन गरेका थिए ।

 यसअघि उनका ‘देशको पुर्पुरो’ गजलसङ्ग्रह र ‘विश्रान्त’ महाकव्य प्रकाशित छन् । कवि अलङ्कारको यो तेस्रो काव्यकृति हो । उनको अनुवादमा ‘चाणक्यनीतिदर्पणं’ पनि प्रकाशित छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।