झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार कनकाई नगरपालिका–२ का ६० वर्षीय सोमनाथ दंगालको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ७:३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई–७ स्थित बिरिङ पुल नजिक बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक, कनकाई–२ का ३८ वर्षीय दिनेश कुमार थपलिया र पछाडि सवार दंगाल दुवै घाइते भएका थिए।

उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा आज बिहान ६ बजे दंगालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।