जिल्ला कारागार सोलुखुम्बुबाट भागेका ९३ कैदीबन्दी नियन्त्रणमा
सोलुखुम्बु । जिल्ला कारागार सोलुखुम्बुबाट भागेकामध्ये ९३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ ।
कारागारमा आगजानी गरि भागेका मध्ये हालसम्म ९३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार ११ जना महिला र ७० जना पुरुष कारागारबाट भागेका थिए । १६ जना कैदीबन्दी भने कारागार छाडेर नभागेको प्रहरी जनाएको छ ।
मंगलबार कारागारमा सुरक्षाकमीको घेरा तोड्ने कैदीबन्दीहरु बाहिर निस्केका थिए । ४ जना कैदीबन्दी भने अहिले पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीेले जनाएको छ ।


