उर्लाबारीमा जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा विद्यार्थीहरूको सम्झनामा दिप प्रज्वलन
उर्लाबारी । जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा विद्यार्थीहरूको सम्झनामा बुधबार उर्लाबारी परिवर्तनशील युवा क्लबको आयोजनामा उर्लाबारी–७ बरगाछिस्थित देवकोटा चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
क्लबकी अध्यक्ष गरिमा ढुङ्गानाको सभाध्यक्षतामा सम्पन्न उक्त शोकसभामा वडा नम्बर ७ की वडाध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उर्लाबारी नगर कार्यपालिका सदस्य मनमाया तामाङ, सामाजिक अभियन्ता रुद्र बहादुर तामाङ, अर्जुन बास्तोला, देवेन्द्र श्रेष्ठ, क्लबका सल्लाहकार नितम चौहान, पत्रकार सरोज बस्नेतलगायत क्लबका पदाधिकारी तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा जेन जी आन्दोलनमा ज्यान गुमाएका ७२ जनाको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।-उर्लाबारी पेज


