अपडेट : तमोर नदीमा जीप दुर्घटना: छ जनाको मृत्यु, छ जना घाइते
पाचथर । धरानबाट पाँचथर जाँदै गरेको बोलेरो जीप तमोर नदीमा खस्दा कम्तिमा छ जनाको मृत्यु भएको छ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार घटनास्थलबाट अहिलेसम्म पाँच जनाको शव निकालिएको छ भने अर्को शव निकाल्ने तयारी भइरहेको छ।
पोखरेलका अनुसार घाइतेमध्ये एक जनालाई उपचारका लागि फिदिम पठाइएको छ भने बाँकी पाँच जनालाई धरानमा उपचारका लागि लगिएको छ।
कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार जीप कम्तिमा पाँच सय मिटर तल खसेको छ ।
प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको छ।


