खोटाङमा खोलाले बगाएर एक जना बेपत्ता
खोटाङ । खोटाङमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का सुमन घिमिरे बि.क. हङचुर खोलाले बगाउँदा बेपत्ता भएका छन्।
परिवारका अनुसार बि.क दशैको टीका थाप्न गएर फर्कने क्रममा खोलाले बगाएको हो।
हाल प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य जारी राखेको छ ।


