जेनजी आन्दोलनमा सहभागी भाइरल युवाले गरे आमाको हत्या
काठमाडौ । जेनजी आन्दोलनका क्रममा भाइरल भएका धादिङ त्रिपुरासुन्दरी–५ का ३० वर्षीय यमबहादुर कँडेलले आफ्नी आमा राममाया कँडेलको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
आइतबार राति भएको घटनापछि प्रहरीले हतियारसहित उनलाई नियन्त्रणमा लिएको छ।
‘मेरो आँखामा डर छ ?’ भन्दै भाइरल भएका उनी आमाको हत्या प्रकरणपछि फेरि चर्चामा आएका छन्।


