झापाको बिर्तामोड स्थित गिरि बन्धु टि–स्टेट अगाडि गत असोज १६ गते बिहान भएको बस दुर्घटनामा घाइते चालकको मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिका–६, गिरि बन्धु टि–स्टेट अगाडि गत असोज १६ गते बिहान भएको बस दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ।
बिराटनगरबाट काकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको यात्रुबाहक बस (ना.१–ख ४४५९) बिहान ९:३० बजे अनियन्त्रित भई दुर्घटना भएको थियो। सो दुर्घटनामा मोरङ, विराटनगर महानगरपालिका–२ का ४५ वर्षीय बस चालक मुकुन्द बि.क. गम्भीर घाइते भएका थिए।
उनी उपचारका लागि बिएण्डसि अस्पताल लगिएकोमा उपचारकै क्रममा असोज २० गते दिउँसो १ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
मृतकको शव सोही अस्पतालमा राखिएको छ।


