बाढीपीडितको उद्धार र राहत वितरणमा महानगरको सक्रियता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढीपीडितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी कार्य गरिरहेको बताएका छन् ।

कोइरालाले सोमबार बिहानैदेखि विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई महानगरमा बोलाएर सहयोगको आग्रह गरेका थिए । सामाजिक संघसंसस्थाका प्रतिनिधिहरुसँगको छलफलमा मेयर कोइरालाले महानगरले बाढीपीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी रुपमा कार्य गरिरहेको उल्लेख गरे । महानगरको समन्वयमा सोमबार बिहानको खाना अग्रवाल सेवा समितिले उपलब्ध गराएको छ ।

मेयर कोइरालाको पहलमामा आज बेलुकाको खाना राउण्ड टेवलले उपलब्ध गराउने भएको छ । कोइरालाले रेडक्रसलगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग समेत छलफल गरी सहयोगका लागि सहजीकरण गरेका छन् । रेडक्रसले त्रिपाल र ओछ्याउनका लागि म्याट्रेस उपलब्ध गराउने भएको छ । मेयर कोइरालाले महानगरको सम्बन्धित शाखा र महाशाखालाई पूर्ण क्षमतामा बाढीपीडितको उद्धार र राहतमा खटाइएको जानकारी गराए ।

यसैबीच, विराटनगर महानगरपालिकाले अग्रवाल सेवा समितिको सहयोगमा विराटनगर–१२ स्थित सम्पन्न बस्तीका बाढीपीडितलाई खाद्यन्न वितरण गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा महानगर प्रहरीले हिजो उनीहरुलाई उद्धार गरी बखरी आधारभूत विद्यालयमा राखेको छ ।

उद्धार गरिएका करिब ३ सय जनालाई आज बिहानको खाना महानगरले खुवाएको हो । मेयर नागेश कोइरालाको समन्वयमा अग्रवाल सेवा समाजले उपलब्ध गराएको खाना नगर प्रहरीका प्रमुख राजन पौडेल, बखरी प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई प्रवीण भट्टराई, नेपाली सेनालगायतले वितरण गरेका थिए ।

मेयर कोइरालाले विभिन्न सामाजिक संघसंस्थासित समन्वय गरेर नगर प्रहरीमार्फत राहत वितरणलाई तीव्रता दिएको मेयर कोइरालाको सचिवालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।