मोरङको बेलबारीमा सवारी दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

असोज १९ गते साँझ करिब ६ः३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एम्बुलेन्स ९मे १ च १९७८० र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल प्रदेश १–०२–०४७ प ६९२२० एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक प्रहरी सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बु गम्भीर घाइते भएका थिए ।

झापा प्रहरी कार्यालयमा कार्यरत लिम्बु मोरङको केराबारी गाउँपालिका–२ का बासिन्दा हुन् ।

उनलाई उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । एम्बुलेन्स चालक झापा दमक नगरपालिका–९ का ४१ वर्षीय विष्णु प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖