झापाको दमकमा सुतेकै कोठाभित्र एक बालक मृत फेला

झापा । झापाको दमकमा सुतेकै कोठाभित्र एक बालक मृत अवस्थामा फेला परेका छन्।

दमक नगरपालिका–५, धनेश्वर चोक निवासी चन्द्रमान रिमालका ५ वर्षीय छोरा लविस रिमाल मृत फेला परेका हुन्।

परिवारका अनुसार, बालक लविस रिमाल बेलुका आफ्नै घरको तल्लो तलामा बुवासँगै सुतेका थिए। तर, बिहान उठ्दा उनी मृत अवस्थामा फेला परेको परिवारले जनाएको छ। बालकको अचानक मृत्युले परिवार शोकमा परेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय, दमकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान र अन्य कानुनी प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ।

बालकको मृत्युको कारण खुल्न सकेको छैन र प्रहरीले अनुसन्धानपछि थप विवरण आउने बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।