तेह्रथुमको आठराईमा ट्याक्टर दुर्घटना,६ जना घाइते
तेह्रथुम । तेह्रथुमको आठराई ६ चुहानडाँडा स्थित हाटडाँडामा आज दिउँसो १:४५ बजे अर्जुन कुमार घिसिङको ट्याक्टर दुर्घटना हुदाँ सवारी चालक सहित ६ जना मान्छे घाइते भएका छन।
घाइतेहरुलाई उपचारको लागि पाँचथर अस्पताल फिदिममा पुर्याई उपचारको भैइरहेको छ आठराई गाउँपालिका ६ नं वडाका वडा अध्यक्ष कृष्ण प्रसाद बास्कोटा ले जानकारी दिनुभयो ।
घाईते हुनेहरु सबै चुहानडाँडाका रहेका छन् :-
१,अर्जुन कुमार घिसिङ
२,प्रेम राज मगर
३,सगम लिम्बू
४,बुद्धिमान कन्दङ्वा
५,भिम कुमार वाईबा
६,चुसाङ कन्दङन्वा


