ताप्लेजुङको आङखोपमा गाडी दुर्घटना, एकजनाको मृत्यु
ताप्लेजुङ । ढङढङ्गे झरनाबाट आङखोपतर्फ जाँदै गरेको गाडी आङखोप–३ (साविक वडा नं. १) मा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका दुईजनालाई उपचारका लागि साब्लाखु स्वास्थ्यचौकी पठाइएको देवेंद्र देवानले जानकारी दिएका छन्।
सडकबाट गाडी करिब २५० मिटर तल खसेको बताइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।


