ओखलढुंगामा दशैं मनाउन घर आएका नेपाली सेनाका अधिकारीको लडेर मृत्यु
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–१, कुइभिरटारमा सोमबार अपरान्ह रुखबाट लडेर ३६ वर्षीय गुणराज अधिकारी को मृ,त्यु भएको छ।
उनी घर नजिकै रहेको ओदालको रुखमा घाँस झार्ने क्रममा हाँगो भाँचिएर लडेका थिए ।
नेपाली सेनामा कार्यरत अधिकारी शान्ति सेनामा जाने तयारीमा थिए ।
उनी दशैं बिदामा घर आएका थिए ।


