दमकका उप्रेतीको दशैंको टीकाको दिन दुवइमा निधन
झापा । झापाको दमक ८ का ४० वर्षीय बिक्रम उप्रेतीको दुवइमा निधन भएको छ ।
तीन जना दाजुभाइ मध्ये कान्छो छोरा बिक्रम दशैको टिकाको दिन ओछ्यानमै मृत फेला परेको स्थानीयहरुले बताएका छन् ।
उनको शव आज दमक ल्याइसकिएको छ भने आजै कनकाइमाईमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।-बेतना दैनिकबाट


