ओखलढुंगामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ
ओखलढुंगा । ओखलढुंगामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको मोलुङ गाउंपालिका वडा नं. २ बस्ने बर्ष ७२ को टेक बहादुर राई रहेका छन् ।
राईले गत असोज १६ गते रातको अन्दाजी ९ बजे आफ्नै घरमा आफ्नो श्रीमती भवी लक्ष्मी राईलाई कुटपिट गरि कर्तव्य गरि मारेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरुणेश्वर ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले निजलाई सोही स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका सुचना अधिकारी प्र.नि. बिजय कार्कीले जानकारी दिए ।
निजलाआ “कर्तव्य ज्यान सम्बन्धी कसुरमा ” ओखलढुङ्गा जिल्ला अदालतबाट १० दिन म्याद थप भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


